ट्विटरको सिईओबाट राजीनामा दिने एलन मस्कको घोषणा!

 ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ)बाट विश्वका अर्बपति एलन मस्कले राजीनामा दिने घोषणा गरेका छन् ।

ट्विटरमा गरेको सर्वेक्षणले अलग हुनुपर्नेमा मत धेरै आएपछि सर्वेक्षणलाई स्वीकार्दै उनले आज राजीनामा दिने घोषणा गरेका हुन् । उनले ट्विट गर्दै चाडै राजीनामा दिने पनि उल्लेख गरेका छन् ।

मस्कलाई ५७.५ प्रतिशतले अलग हुनुपर्छ भन्दै मत दिएका थिए भने ४२.५ प्रतिशतले छाड्नुहुँदैन भन्नेपक्षमा मत दिएका थिए।

अब उनले केबल सफ्टवेयर र सर्भर चलाउने पनि बताएका छन् ।

Comments

Back to top