नेष्डो समृद्ध लघुवित्तको नाफा ५ करोड ६४ लाख, प्रतिसेयर आम्दानी कति ?

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म संस्थाको खुद नाफा ११.३० प्रतिशतले बढेर ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा संस्थाले ५ करोड ७ लाख रुपैयाँ रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी १०.५३ प्रतिशतले बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन नाफा ११.३० प्रतिशतले बढेर ८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

हाल चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ सञ्चित रहेको छ । नेष्डोको प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।

Comments

Back to top