गुराँस लघुवित्त ६० लाख नोक्सानीमा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म लघुवित्तले ६० लाख २२ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी आम्दानी लगायतका आम्दानी घटेसँगै लघुवित्तले नोक्सानी व्यहोर्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६३.४१ प्रतिशत घटेर ५९ लाख २७ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा ६० लाख २२ हजार रुपैयाँ ऋणात्मक रहेको छ। लघुवित्तका प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७१ पैसा ऋणात्मक रहेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ४३ पैसा रहेको छ।
Comments