नेप्सेमा करिब साढे २ अङ्कको गिरावट , कारोबार रकम १ अर्ब भन्दा बढी!
आज मंगलबार २.५७ अङ्कले घटेर ०.१३ % गिरावटका साथ नेप्से परिसूचक १९५६.३६ अंकमा बन्द भएको छ। कारोबार भएका २२६ कम्पनीमध्ये ५८ कम्पनी उकालो लागेका छन्, ११४ कम्पनी ओरालो लागेको छन भने १२ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ४ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा लाइफ इन्सुरेन्स कर्पोरेशन रहेको छ, जसको ४.२२ % मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा कालिका लघुवित्त रहेको छ, जसको सेयर मूल्य ५.११% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर शिबम सिमेन्टको र भोलुममा कारोबार सिटिजन बैंकको भएको छ ।
Comments