केयर रेटिङ्गस नेपालले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा

केयर रेटिङ्गस नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको छैठौ वार्षिक साधारण सभा मंसिर १५ गते हुने भएको छ । कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बस्ने निर्णय गरेको हो । सभा केयर रेटिङ्गस नेपाल लिमिटेड, पाचौ तल्ला, स्टार मल, पुतलीसडक, काठमाण्डौँमा दिउँसो ३:१५ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीले सेयरधनीहरूलाई २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन २०७८/७९ छलफल गरी पारित गर्नेछ । यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बासलात र सोही मितिमा समाप्त आ.व. २०७८/७९ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको प्रस्ताव रहेको छ ।

Comments

Back to top