नागरिक स्टक डिलरले बोलायो साधारण सभा, बोनस वितरण गर्ने

नागरिक स्टक डिलर कम्पनी लिमिटेडको कार्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा मंसिर १८ गते गर्ने निर्णय गरेको छ । सभा नागरिक लगानी कोषको कार्यलय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह साढे ४ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पूँजीको ६.८५ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

Comments

Back to top