कालिका लघुवित्तको नाफा १ करोड ३१ लाख, प्रतिसेयर आम्दानी कति?
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म आइपुग्दा यसले १ करोड ३१ लाख रुपैयाँमा नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी लगायतका आम्दानी घटेसँगै राइट ब्याक पनि घटेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसाबाट घटेर १६ रुपैयाँ ८३ पैसामा झरेको छ। लघुवित्तको प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा रहेको छ। कालिकाको चुक्ता पूँजी ३१ करोड २८ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २४ करोड ४ लाख रुपैयाँ जम्मा छ ।
Comments