पाँचथर पावर कम्पनीको कस्तो छ वित्तीय अवस्था?
पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्म कम्पनीले ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष कम्पनीले १० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा नाफा भने १६ प्रतिशतले घटेको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १६ करोड २७ लाख रुपैयाँबाट घटेर १५ करोड ७३ लाख रुपैयाँमा झरेको छ । जसले गर्दा नाफामा असर परेको हो ।
त्यस्तै, हाइड्रोपावरको अपरेटिङ कस्ट, फाइनान्सियल कस्ट बढ्नाले पनि नाफामा प्रभाव परेको देखिएको छ । हाल यसको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै, रिजर्भ कोष २० करोड २९ लाख रुपैयाँ जम्मा रहेको छ । प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ४६ पैसा रहेको छ ।
Comments