नेप्से इन्ट्राडे अपडेट: लगभग १६ अङ्कको वृद्धि!
आज नेप्से बजार भारी अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९८० को नजिक आएको छ। १५.७८ अङ्कले बढेर नेप्से परिसूचक १९८१.१४ मा आएको हो । आज २ घण्टामा लगभग ९१ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा धौलागिरी लघुवित्त रहेको छ जसको ८. १३ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आईएमई लघुवित्त रहेको छ जसले ५.०८% गुमाएको छ ।
Comments