बरुण हाइड्रोपावरको लिलामी सेयर भर्ने आज अन्तिम दिन

बरुण हाइड्रोपावरको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी भर्ने आज सोमबार (कात्तिक २१ गते) अन्तिम दिन रहेको छ । यसमा कार्यालय समयबाट आवेदन दिन सकिनेछ । कम्पनीले कात्तिक १४ गतेबाट सर्वसाधारण समूहको सेयर लिलामीमा खुला गरेको हो । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस अघि कम्पनीले हकप्रद सेयर नबिकेपछि सेयर लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड,हेटौडा,तुलसीपुर, महेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन सकिनेछ ।

Comments

Back to top