ग्लोबल आइएमई लघुवित्तको वित्तीय अवस्था कस्तो ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म आइपुग्दा संस्थाको खुद नाफा ५८.१५ प्रतिशतले घटेर २ करोड ६७ लाख ४६ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्षको यही अवधिमा संस्थाले ६ करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म संस्थाको सञ्चालन नाफा पनि ५८ प्रतिशतले घटेर ३ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस्तो नाफा ९ करोड १२ लाख रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी पनि १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफा दुवै घट्नाले यसको खुद नाफा घटेन पुगेको हो ।

असोज मसान्तसम्म संस्थाले ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । पहिलो त्रैमाससम्ममा संस्थाको वितरणयोग्य मुनाफा १ करोड ४२ लाख रुपैयाँ छ ।असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.७३ प्रतिशत पुगेको छ । हाल चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ रहेको संस्थाको जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ सञ्चित छ ।

Comments

Back to top