एनआईसी एसिया लघुवित्तको नाफा ६ करोड ५७ लाख, प्रतिसेयर आम्दानी कति?

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले ६ करोड ५७ लाख ९५ हजा रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६८.१८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २० करोड ६७ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६८.१७ प्रतिशतले घटेर ९ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा  २९ करोड ५२ लाख ९१ हजार रूपैयाँ रहेको थियो । त्यसैगरीपहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ र जगेडा कोषमा ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी ३१.०३ रुपैयाँले घटेर १४ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ ।

Comments

Back to top