समीट लघुवित्तको नाफा ५२ प्रतिशतले घट्यो

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्तको खुद नाफा ५२.८१ प्रतिशत घटेर १ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.११ प्रतिशत घटेर ७ करोड ८० लाख रुपैयाँ कायम भएको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ३३.१७ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन नाफा ५२.८१ प्रतिशत घटेर २ करोड ९४ लाखमा सीमित भएको छ । यस अवधिसम्म लघुवित्तको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८७ पैसा घटेर १५ रुपैयाँ १ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ २ पैसा रहेको छ।

समीटको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको छ । भने जगेडा कोष २७ करोड १७ लाख रहेको छ ।

Comments

Back to top