नेप्से इन्ट्राडे अपडेट: लगभग १५ अङ्कको वृद्धि!

आज नेप्से बजार भारी अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९४० को नजिक आएको छ। १४.९९ अङ्कले बढेर नेप्से परिसूचक १९३७.१५  मा आएको हो । आज २ घण्टामा लगभग ६२  करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा ३ कम्पनी रहेका छन्: JALPA, NESDO,ULBSL जसको १० % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सामुदायिक लघुवित्त रहेको छ जसले ४.०१% गुमाएको छ ।

Comments

Back to top