सिवाईसी नेपालको नाफा १ करोड ५१ लाख, अन्य सूचक कस्तो ?
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ५१ लाख ३७ हजा रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४४.७३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार खुद नाफा आर्जन गरेको थियो।
यस अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ५.५५ प्रतिशतले घटेर २ करोड ४२ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ५७ लाख ७ हजार रूपैयाँ रहेको थियो । असोज समसान्त सम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी भने ३६.०९ प्रतिशतले बढेर ६ करोड ४ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, यसको चुक्ता पुँजी १२ करोड १६ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा रहेको छ ।
Comments