छिमेक लघुवित्तको नाफा ५३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५३.७१ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा संस्थाले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन नाफा पनि ५२.७४ प्रतिशतले बढेर ४६ करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । 

संस्थाको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब १४ करोड ६ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी ५६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ २७० रुपैयाँ ३० पैसा रहेको छ ।

Comments

Back to top