राधी विद्युतको हकप्रद सेयर बाँडफाँट, १३ लाख कित्ता लिलामीमा आउने

राधी विद्युत कम्पनीले हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले असोज ५ गतेबाट २५ गतेसम्म कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले :१.४७५२ अनुपातमा हकप्रद बिक्री गरेको हो । जसमा रितपूर्वक आवेदन दिएका ३८ हजार ५०५ जना सेयरधनीहरुलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद सेयर बाँडफाँट गरिएको कम्पनीले जानकारी गराएको छ । 

कुल निष्कासन गरिएको हकप्रद सेयरमध्ये १३ लाख ५२७ कित्ता हकप्रद सेयर बिक्री भएको छैन । बिक्री नभएको हकप्रद सेयर अब लिलामी प्रक्रियामार्फत बिक्री खुला हुनेछ । यता, हकभन्दा बढी आवेदन दिएका सेयरधनीहरुलाई बाँडफाँटमा नपरेको सेयर वापतको रकम आइतबार देखि सम्बन्धित सेयरधनीको बैंक खातामा फिर्ता गरिने कम्पनीले जानएको छ ।

Comments

Back to top