सानिमा ग्रोथ फन्डमा आवेदन दिने समय थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

सानिमा ग्रोथ फण्डमा आवेदन दिने समयावधि थप गरिएको छ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सो बन्दमुखि योजनामा अब कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने भएको छ। सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सो फण्डको योजना निष्काशन तथा बिक्री खुला गरेको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको १२ करोड इकाई निष्काशन गरेको हो । जसमध्ये न्यूनतम १ करोड ५६ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १३ प्रतिशत इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई सुरक्षित गरी २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १० करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।

Comments

Back to top