अरुण काबेलीको सेयर मूल्य समायोजन पछिको भाउ कति?
अरुण काबेली पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३ सय ६२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ३९९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो ।
आइतबार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर) गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ ।
Comments