नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो 'बुलिश माराबोजु'!

गत साता १.४२% ले घटेको नेप्से यो साता भने ३.४३% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८६०.३९ को बिन्दुमा खुलेको नेप्से १९५६.४२ को उच्च बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब ६४ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग १६ अंक घटेर नेप्से १९२२.१६ मा बन्द भएको छ।  

 

यस साताको टप गेनर्स (Top Gainers)

 

यस साताको टप लुजर्स (Top Losers)

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

टप ब्रोकर

प्राविधिक विश्लेषण

 

NEPSE WEEKLY UPDATE: NOV 4, 2022

 

अघिल्लो साता 'बियरिश माराबोजु क्यान्डल' बनाउँदै ओरालो लागेको नेप्सेले यो साता भने 'बुलिश माराबोजु क्यान्डल'  बनाएको देखिन्छ जसले बजार खरिदकर्ताको पकडमा आउन लागेको सङ्केत गर्छ। यस साताको क्लोजिंग मिडल ब्याण्ड भन्दा थोरै तल भएको छ तर ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम भएको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १२१.२९ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ १०.७८ मा पुगेको छ जसले बजारमा खरिद बढिरहेको देखाउँछ ।  सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल -१३२.०७ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन तल फर्केको देखिन्छ जसले बजारमा खरिद बढी भएको बुझाउँछ। आरएसआइ ३३.१६ बाट बढेर ४०.१४  मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १८४० को एरिया हुन्छ भने  नेप्सेको अवरोध १९६० को एरिया देखिन्छ।

Comments

Back to top