नेप्सेमा करिब १६ अङ्कको गिरावट, कारोबार रकम मात्र ९० करोड!

आज बिहिवार १६.१४ अङ्कले घटेर ०.८३% गिरावटको साथ नेप्से परिसूचक १९२२.१६  अंकमा बन्द भएको छ। कारोबार भएका २२० कम्पनीमध्ये २७  कम्पनी उकालो लागेका छन्, १५३  कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।

 

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा युनिलिभर नेपाल रहेको  छ, जसको ६.५६% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा वियन नेपाल लघुवित्त रहेको छ, जसको सेयर मूल्य ४.९४% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर एभरेस्ट बैंकको र भोलुममा कारोबार गरिमा विकास बैंक प्रोमोटरको भएको छ ।

Comments

Back to top