नेप्से इन्ट्राडे अपडेट: लगभग १२ अङ्कको गिरावट!

आज नेप्से बजार भारी अङ्कले घटेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९३० को नजिक आएको छ। ११.८१ अङ्कले घटेर नेप्से परिसूचक १९२६.४९  मा आएको हो । आज २ घण्टामा लगभग ३९  करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा निकै कम हो।

यस्तै, आजको टप गेनरमा नबिल ब्ल्यालेन्स्ड फन्ड-२ रहेको छ जसको ९.९४ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ रहेको छ जसले ५.५०% गुमाएको छ ।

Comments

Back to top