जानकी फाइनान्सको नाफा २४ लाख, प्रतिशेयर आम्दानी घट्यो

जानकी फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ यस अवधिमा फाइनान्सले २४ लाख १९ हजार रुपैयाँ मात्र नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.३४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ७९ लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २४.६२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४३.४५ प्रतिशत घटेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ।  सञ्चालन मुनाफा ८९.९३ प्रतिशत घटेको छ। फाइनान्सको प्रतिशेयर आम्दानी १७ रुपैयाँ २२ पैसा घटेर १ रुपैयाँ ४० पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८० पैसा रहेको छ। फाइनान्सको चुक्ता पूँजी ६९ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

Comments

Back to top