समृद्धि फाइनान्स ३ करोड १४ लाख रुपैयाँ नोक्सानमा
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म फाइनान्स ३ करोड १४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले २६ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने १२९.२४ प्रतिशतले बढेर २ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ करोड ५ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असोजसम्म यसले १ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समृद्धिको हाल चुक्ता पुँजी ७४ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोषमा १८ करोड २६ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा ४.५८ बाट बढेर ६.०१ प्रतिशत पुगेको छ । असोजसम्ममा कम्पनी प्रतिसेयर १६ रुपैयाँ ९६ पैसा (वार्षिक) नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ५७ पैसा रहेको छ ।
Comments