नेप्सेमा करिब ७ अङ्कको वृद्धि, कारोबार रकम लगभग डेढ अर्ब!
आज बुधवार ७.३२ अङ्कले बढेर ०.३८% वृद्धिको साथ नेप्से परिसूचक १९३८.३० अंकमा बन्द भएको छ। कारोबार भएका २२७ कम्पनीमध्ये १२४ कम्पनी उकालो लागेका छन्, ५६ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा कर्पोरेट डेभलपमेन्ट रहेको छ, जसको ८.७४% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा सबैको लघुवित्त रहेको छ, जसको सेयर मूल्य ३.९६% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर शिवम सिमेन्टको र भोलुममा कारोबार अपि हाइड्रोपावर कम्पनीको भएको छ ।
Comments