नेप्से इन्ट्राडे अपडेट: लगभग २३ अङ्कको वृद्धि!

आज नेप्से बजार भारी अङ्कले बढेको छ।

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९५० को नजिक आएको छ। २३.२३ अङ्कले बढेर नेप्से परिसूचक १९५४.२१  मा आएको हो । आज २ घण्टामा लगभग ७४  करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।

यस्तै, आजको टप गेनरमा पंचकन्या माई हाइड्रोपावर रहेको छ जसको ९.४७ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा नबिल ब्यालेन्स्ड फन्ड २ रहेको छ जसले २.८९% गुमाएको छ ।

Comments

Back to top