कर्पोरेट डेभलपमेन्ट बैंकको कस्तो छ वित्तीय अवस्था?
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ८५ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६४२.११ प्रतिशतले धेरै हो । गत वर्षको यही अवधिमा संस्थाले ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ६४२ प्रतिशतले बढेर १ करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा १६ लाख ५० हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि १४२ प्रतिशतले बढेर १ करोड ८८ लाख रपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ र जगेडा कोषमा १३ करोड १८ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७१ पैसा रहेको छ गत वर्ष २८ पैसा मात्र रहेको थियो । प्रतिसेयर नेटवर्थ ३४९ रुपैयाँ ४७ पैसा रहेको छ ।
Comments