राष्ट्र उत्थानको नाफामा ६९ प्रतिशतको गिरावट, जगेडा कोष बढ्यो
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म लघुवित्तको खुद नाफा ६९.४६ प्रतिशत घटेर ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असोज मसान्त सम्म लघुवित्तको खुद ब्याज आम्दानी ७.६४ प्रतिशत घटेको छ । त्यस्तै सञ्चालन मुनाफा ६७.२५ प्रतिशत घटेको छ। खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।
लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा घटेर ५ रुपैयाँमा ८८ पैसामा झरेको छ। प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशतले बढेर २६ करोड पुगेको छ । जगेडा कोष ४२.४० प्रतिशत बढेर १८ करोड ५९ लाख जम्मा रहेको छ।
Comments