कहिले हुँदैछ इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट ?
इष्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओ कात्तिक १८ गते शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटले मंगलबार प्रिअलमेन्टको काम सकाएर शुक्रबार शेयर बाँडफाँट गर्ने तयारी गरेको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओमा १३ लाख ९४ हजार ३२६ वटा आवेदनबाट १ अर्ब ५७ करोड १८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख १८ हजार ४७० कित्ता शेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणलाई निष्काशन गरेको ६ लाख २३ हजार ३८९ कित्ता शेयरको २५.२१ गुणा बढी हो ।
कम्पनीले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा मध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६२ हजार ३२८ जना आवेदकले मात्रै शेयर पाउनेछन् । कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
Comments