नेप्से इन्ट्राडे अपडेट: लगभग २८ अङ्कको वृद्धि!
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०३.६४ को नजिक आएको छ।२८.७६ अङ्कले बढेर नेप्से परिसूचक १९०१.५८ मा आएको हो । आज २ घण्टामा लगभग ४५ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा दिब्यश्वरी हाइड्रोपावर रहेको छ जसको ५.५६ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सयपत्री हाइड्रोपावर रहेको छ जसले ४.५०% गुमाएको छ ।
Comments