स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मूुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कर सहित १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

Comments

Back to top