नेप्सेमा २ म्युचुअल फण्डको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार एनआइसी एसिया ग्रोथ फण्ड र एनआइसी एसिया ब्यालेन्स फण्डको ईकाइ मूल्य समायोजन भएको छ ।

नेप्सेले एनआइसी एसिया ग्रोथ फण्डले प्रस्ताव गरेको १३ प्रतिशत नगद लाभांश प्रयोजनको लागि मूल्य समायोजन गरेको हो । अन्तिम कारोबार मूल्य १०.५५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि फण्डको भाउ ९.२५ रुपैयाँ कायम भएको छ । त्यस्तै, एनआइसी एसिया ब्यालेन्स फण्डको पनि १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन गरिएको छ । समायोजन पछि फण्डको भाउ ८.७८ रुपैयाँ कायम भएको छ ।

Comments

Back to top