नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार नेपाल क्रेटिड एण्ड कमर्श(एनसीसी) बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३.३६६ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मूल्य समायोजन गरेको हो । नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य १८४ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर भाउ १७८.०१ रुपैयाँ कायम भएको छ । हाल एनसीसीको शेयर कारोबार रोक्का रहेको छ ।

Comments

Back to top