आईसीएफसी फाइनान्सको नाफा ३ करोड ३४ लाख, प्रतिशेयर आम्दानी कति?
आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा फाइनान्सले ३ करोड ३४ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.७९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३४.९१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ४४.७२ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज सामान्य बढेसँगै सञ्चालन मुनाफा २७.०१ प्रतिशत घटेको छ। जसका कारण खुद नाफा घट्न पुगेको हो। फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४ पैसा घटेर ११ रुपैयाँ ८७ पैसामा सीमित भएको छ। प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ३२ पैसा रहेको छ। फाइनान्सको जगेडा कोष ३.०६ प्रतिशत घटेको छ ।
Comments