नेप्सेमा करिब १६ अङ्कको वृद्धि, ११० कम्पनी लागे उकालो!

आज सोमबार १६.३९ अङ्कले बढेर ०.८८% वृद्धिको साथ नेप्से परिसूचक १८७४.८७ अंकमा बन्द भएको छ। कारोबार भएका २२४ कम्पनीमध्ये ११०  कम्पनी उकालो लागेका छन्, ६५ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।

कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

 

प्रमुख कारोबार

 

आज नेप्से बजारको टप गेनरमा सयपत्री हाइड्रोपावर रहेको  छ, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा अपर हेवाखोला हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य ८.१६% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर एनआईसी एशिया बैंकको र भोलुममा कारोबार एनआईसी एशिया ब्ल्यालेंस्ड फन्डको भएको छ ।

Comments

Back to top