नेप्से इन्ट्राडे अपडेट: लगभग ६ अङ्कको वृद्धि!
आज नेप्से बजार केही अङ्कले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८६० को नजिक आएको छ। ६.२१ अङ्कले बढेर नेप्से परिसूचक १८६४.६९ मा आएको हो । आज २ घण्टामा लगभग २८ करोडको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढी हो।
यस्तै, आजको टप गेनरमा सयपत्री हाइड्रोपावर रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा अपर हेवाखोला हाइड्रोपावर रहेको छ जसले ९.१६% गुमाएको छ ।
Comments