बरुण हाइड्रोपावरको ३ लाख ५५ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला

बरुण हाइड्रोपावरले आज सोमबार (कार्तिक १४ गते) बाट सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । यसमा कार्यालय समयबाट आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस अघि कम्पनीले हकप्रद सेयर नबिकेपछि सेयर लिलामीमा ल्याउन लागेको हो ।

यसमा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकुकाठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरीराष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु  वीरगञ्जजनकपुरनारायणगढबाग्लुङ्गबुटबलनेपालगञ्जवीरेन्द्रनगरधनगढीविर्तामोड,हेटौडा,तुलसीपुरमहेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन सकिनेछ ।

Comments

Back to top