गुडविल फाइनान्सको नाफा ४६ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति?

गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार फाइनान्सको खुद नाफा र ईपीएस दुबै घटेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा ४६.०३ प्रतिशतले घटेर ३ करोड ८४ लाख २३ हजार रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५.०२ प्रतिशतले बढेर १५ करोड २ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा १४ करोड ३० लाख रुपैयाँ रहेको थियो

फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ८५ पैसा घटेर १६ रुपैयाँ २४ पैसामा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ८३ पैसा रहेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा फाइनान्सको चुक्ता पूँजी ९४ करोड ६१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६४ करोड १७ लाख रुपैयाँ सञ्चित छ । फाइनान्सले असोज मसान्तसम्म ११ अर्ब २७ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ८० करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

Comments

Back to top