नेपाल बैंकको नाफा १९ प्रतिशतले घट्यो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० करोड ४० लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यसैअवधिमा भने ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.९६ प्रतिशतले बढेर १ अर्ब ९० करोड ७१ लाख रुपैयाँ पुगेको छ । 

सञ्चालन नाफा १६.४३ प्रतिशतले घटेर ७९ करोड ४० लाख २९ हजार रुपैयाँमा सीमित भएपछि खुद नाफामा गिरावट आएको हो । वितरणयोग्य नाफा ६५ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । 

 खुद नाफामा गिरावट आएका कारण बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसाले घटेर १६ रुपैयाँ ७७ पैसामा सीमित भएको छ । नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २५० रुपैयाँ ५५ पैसा छ ।

Comments

Back to top