बरुण हाइड्रोपावरको ३ लाख ५५ हजार कित्ता सेयर लिलामी खुल्दै

बरुण हाइड्रोपावरको कार्तिक १४ गते देखि सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलामी बिक्री खुला हुँदैछ । यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । लिलामी भर्ने अन्तिम म्याद कात्तिक २१ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस अघि कम्पनीले हकप्रद सेयर नबिकेपछि सेयर लिलामीमा ल्याउन लागेको हो । 

यसमा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकु, काठमाडौंबाट आवेदन दिन सकिनेछ । यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा कार्यालयहरु वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटबल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड,हेटौडा,तुलसीपुर, महेन्द्रनगर विराटनगर र पोखराबाट पनि आवेदन दिन सकिनेछ ।

Comments

Back to top