शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा २० करोड ९१ लाख, प्रतिसेयर आम्दानी कति ?
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकको खुद नाफा ४१.९२ प्रतिशतले बढेर २० करोड ९१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको वितरणयोग्य मुनाफा १ करोड २३ रुपैयाँ रहेको छ। यो त्रैमासमा बैंकले सञ्चालन मुनाफावापत २९ करोड ८७ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २१ करोड ५ रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा समीक्षा अवधिमा बैंकले ५० करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३७ करोड ९७ लाख रुपैयाँमा सीमित थियो । चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँको सञ्चित छ ।
बैंकको खराब कर्जाको अनुपात १.०९ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल १.०१ प्रतिशतमा सीमित थियो। बैंकको प्रतिसेयर आम्दानी २२.१२ रुपैयाँमा रहेको छ । अघिल्लो वर्ष १७.२९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १४८.०५ रुपैयाँ रहेको छ ।
Comments