नेप्सेमा करिब १४ अङ्कको वृद्धि, १३५ कम्पनी लागे उकालो!
आज आइतबार १४.३५ अङ्कले बढेर ०.७८% वृद्धिको साथ नेप्से परिसूचक १८५८.४९ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये १३५ कम्पनी उकालो लागेका छन्, ३९ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा रुरु जलविद्युत र सयपत्री हाइड्रोपावर रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स म्युचल फन्ड-२ रहेको छ, जसको सेयर मूल्य ९.५५% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर एभरेष्ट बैंकको र भोलुममा कारोबार नेपाल बैंकको भएको छ ।
Comments