नेपाल लाईफको साधारण सभा मंसिर ८ गते, लाभांश प्रस्ताव पारित हुने

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा  डाकेको छ । कम्पनीको  कार्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सभा मंसिर ८ गतेहोटल भिष्वा बिरगंजमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीले सेयरधनीहरूलाई चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ 

साथै, सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही कार्तिक १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। कार्तिक १७ गतसम्म सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

Comments

Back to top