महुली लघुवित्तको नाफा ५८ लाख, प्रतिसेयर आम्दानी घट्यो

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । असोज मसान्तसम्ममा लघुवित्तले ५८ लाख २८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा २ करोड ६८ लाख रुपैयाँ थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको खुद नाफा घट्न पुगेको हो। यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४.४७ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी २.३९ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ८.२६ रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष ३८.०३ रुपैयाँ रहेको थियो । लघुवित्तको प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा रहेको छ। २८ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोष पहिलो तीन महिनामा १.७५ प्रतिशत बढेर ३२ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

Comments

Back to top