बेस्ट फाइनान्सको नाफामा भारी गिरावट,प्रतिसेयर आम्दानी कति?

बेस्ट फाइनान्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा कम्पनीले ५९ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ९५.१० प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा कम्पनीले १२ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म कम्पनीको सञ्चालन नाफा पनि ८६.९९ प्रतिशतले घटेर १ करोड ७९ लाख रुपैयाँमा झरेको छ । गत वर्षको ओही अवधिमा यस्तो नाफा १३ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ६१ पैसाले घटेर २ रुपैयाँ ८६ पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६८ पैसा छ ।

Comments

Back to top