निफ्राको साधारण सभा मंसिर १० गते,बुक क्लोज कहिले?
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको संचालक समितिको बैठकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते गर्ने निर्णय गरेको हो । सभा अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर १ गतेभन्दा अगाडी सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
Comments