नेप्सेको साप्ताहिक प्राविधिक विश्लेषण, क्यान्डल बन्यो 'बियरिश माराबोजु'!

गत साता ०.९१% ले बढेको नेप्से यो साता भने १.४२% ले घटेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १८७१.०९ को बिन्दुमा खुलेको नेप्से १८७१.५९ को उच्च बिन्दुसम्म पुगेको थियो।  नेप्सेले यस साता  करिब २६ अङ्क गुमायो। हप्ताको अन्तिम कारोबार दिन लगभग डेढ अंक घटेर नेप्से १८४४.१४ मा बन्द भएको छ।  

 

यस साताको टप गेनर्स (Top Gainers)

 

यस साताको टप लुजर्स (Top Losers)

 

यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )

 

टप ब्रोकर

 

 

प्राविधिक विश्लेषण

NEPSE WEEKLY UPDATE: Oct 21, 2022

 

अघिल्लो साता 'इन्भर्टेड बुलिश ह्यामर क्यान्डल' बनाउँदै उकालो लागेको नेप्सेले यो साता भने 'बियरिश माराबोजु क्यान्डल'  बनाएको देखिन्छ जसले बजार बिक्रीकर्ताको पकडमा रहेको सङ्केत गर्छ। यस साताको क्लोजिंग लोवर ब्याण्ड भन्दा माथि भएको छ र ब्याण्ड भने खुम्चिन थालेको देखिन्छ जसले बजारमा उतारचढाव कम भएको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल – १३३.८२ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ २.०२ मा पुगेको छ जसले बजारमा खरिद पनि  हल्का बढिरहेको देखाउँछ ।  सिग्नल लाईन भने बढेर जिरो लाईन भन्दा तल -१३५.८३ मा आएको छ। -१४ डिएमआई लाईन +१४ डिएमआई लाईन भन्दा माथि रहेको देखिन्छ र –१४ डिएमआई लाईन सिधा लागेको देखिन्छ जसले बजारमा खरिद मत्थर भएको बुझाउँछ। आरएसआइ ३४.३४ बाट घटेर ३३.१६  मा आएको छ जसबाट आरएसआइको मोमेन्टम घटेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट १७८० को एरिया हुन्छ भने  नेप्सेको अवरोध १९९० को एरिया देखिन्छ।

Comments

Back to top