नेप्सेमा करिब डेढ अङ्कको गिरावट, ७८ कम्पनी लागे उकालो!
आज बिहिवार १.३८ अङ्कले घटेर ०.०७% गिरावटको साथ नेप्से परिसूचक १८४४.१४ अंकमा बन्द भएको छ। कारोबार भएका २२१ कम्पनीमध्ये ७८ कम्पनी उकालो लागेका छन्, ९५ कम्पनी ओरालो लागेका छन् भने १० कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा सयपत्री हाइड्रोपावर रहेको छ, जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ । सबैभन्दा धेरै गुमाउनेमा सेन्चुरी डिबेन्चर २०८८ रहेको छ, जसको सेयर मूल्य ७.७३% ले घटेको छ । सबैभन्दा धेरै टर्नओभर अभियान लघुवित्तको र भोलुममा कारोबार गरिमा विकास बैंकको भएको छ ।
Comments