एनसेलले डाक्यो साधारण सभा

एनसेल आजियाटाले कात्तिक २५ गते वार्षिक साधारण सभा डाकेको छ ।  सभा एनसेल आइकोन भवन, लैनचैर–२६ काठमाडौंमा दिउँसोको १२ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । 


साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

Comments

Back to top