आरएसडिसी लघुवित्तको नाफा ३ करोड ८२ लाख, प्रतिसेयर आम्दानी कति?
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको नाफा १ करोड ८९ लाख रुपैयाँ थियो । नाफा १०१.९८ प्रतिशत बढेको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ११४.९७ प्रतिशत बढेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९९ पैसा पुगेको छ। सो अवधिसम्ममा प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २१ करोड ७० लाख रुपैयाँ जम्मा रहेको छ ।
Comments